आकर्षण ब्यूटी पार्लरको १९ औं वार्षिकोत्सव सम्पन्न
२ भाद्र, हेटौँडा । लामो समयदेखि सौन्दर्यको क्षेत्रमा योगदान पु¥याउँदै आएको आकर्षण ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरले स्थापनाको १९ औं वार्षिकोत्सव मनाएको छ ।
हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले सौन्दर्यको क्षेत्रमा पार्लरले पु¥याएको योगदानको चर्चा गर्नुभयो । उहाँले सौन्दर्य क्षेत्र महिलाहरु आर्थिक रुपमा सबल हुने पाटो रहेको बताउनुभयो । यसैगरी कार्यक्रममा सहभागीहरुले पनि यस पार्लरले दक्ष जनशक्ति उत्पादन गर्नुका साथै धेरैजनालाई रोजगारी समेत उपलब्ध गराएको भन्दै प्रशंसा समेत गरेका थिए । ४ नम्बर वडा अध्यक्ष नविन सिग्देलको विशेष आतिथ्यता रहेको कार्यक्रममा प्रज्ञा प्रतिष्ठान प्राज्ञ विभागकी शान्तिप्रिय बन्दना, आँचल साहित्य कला कुञ्जकी उपाध्यक्ष निरा गुरागाईँ, गैसस महासंघकी जिल्ला अध्यक्ष रमिला सापकोटा लगायतको आतिथ्यता रहेको थियो । पार्लरकी प्रोपाइटर गमला राजभण्डारी (अस्मिता)को अध्यक्षतामा कार्यक्रम भएको हो ।













