हेटौडा १० नं.वडा कार्यालयको नवर्निमत भवन उद्घाटन
१ भाद्र, हेटौँडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर १० को नवर्निमत वडा कार्यालय भवनको उद्घाटन गरिएको छ ।
शुक्रबार उपमहानगरपालिकाका मेयर मिना लामाले भवनको उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन गर्नुहुँदै मेयर लामाले वडाबाट नागरिकहरुले सरल र सहज रुपमा सुविधा पाउन भवन निर्माण गरिएको बताउनुभयो । उहाँले नागरिकले स्थानीय सरकारको अनुभति हुनेगरी काम गर्न वडा कार्यालयलाई आग्रह समेत गर्नुभयो । यसैबीच वडा कार्यलयकै प्राङगणमा निर्माण गरिएको सालक पार्कको समेत उद्घाटन गरिएको छ । १० नम्बर वडाका वडा अध्यक्ष फुर्वा दोर्जे लामाको अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरका उपमेयर राजेश बानिया विशेष अतिथि रहनुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, १५ नम्बर वडा अध्यक्ष सुनिल मोतmान, ५ नम्बर वडाका अध्यक्ष शुशिल घिमीरे, ९ वडा अध्यक्ष शुकराम केसी, १३ नम्बर वडा अध्यक्ष पेम्बा लामा १० नम्बर वडाका सदस्यहरु सहित स्थानिय स्ांघ संस्थाका प्रतिनिधीहरु र राजनैतिक दलका प्रतिनिधीहरुकोसहभागीता रहेको थियो ।













