विपद् न्युनिकरणमा लागे एमालेका युवाहरु
२९ साउन, हेटौँडा । अबिरल बर्षाको कारण उत्पन्न हुने प्रकोप जोखिम न्यूनीकरण गर्नको लागि नेकपा एमाले मकवानपुर अन्तर्गतको जिल्ला बिपद ब्यबस्थापन स्वंम सेवकहरुले आबश्यक पहल थालेका छन । स्वंमसेवकहरुले आइतबार भिमफेदी गाउँपालिकाको भैसे सडक खन्डमा आएको पहिरो र भासिएको सडकबाट हुन सक्ने दुर्घटना र अन्य क्षती न्यूनीकरणको कार्य गरेका थिए ।
त्यस्तै भिमफेदीको बाघझोरामा भारी बर्षाको कारण खहरे खोलामा पानीको सतह बढदा दुई तर्फी सवारी साधन सन्चालनमा आवश्यक सहजीकरण र बाटो सरसफाइको कार्य गरेको नेकपा एमाले मकवानपुर जिल्ला बिपद ब्यबस्थापन तथा स्वंमसेवा बिभागका प्रमुख शिबहरि दाहालले बताउनुभयो । एमालेको स्वंमसेवक टिमले जिल्लाको जोखिमयुक्त स्थानहरुको अनुगमन गरि जोखिम न्यूनीकरण र आवश्यक सहजीकरणको कार्य गरिरहेको प्रमुख दाहालले बताउनुभयो । जोखिम न्यूनिकरणको लागि सबैले आफ्नो आफ्नो स्थानबाट अग्रसरता देखाउन पनि उहाँले अनुरोध गर्नुभयो ।













