नमुना टोललाई गमला सहितको फूलका विरुवा प्रदान
२३ साउन, हेटौँडा । हेटौडा–६ मा रहेको रक्षादेवी टोल विकास संस्थालाई गमला सहितको विरुवा प्रदान गरिएको छ ।
हेटौडा उपमहानगरपालिका प्रमुख मीना लामाले टोल विकास संस्था अध्यक्ष रमेश कुमार बानियाँलाई धुपी लगायतका ७० वटा गमला सहितको फूलको विरुवा हस्तान्तरण गर्नु भएको हो । सुन्दर नगरी र विकसित हेटौडा बनाउने आफ्नो योजना रहेको बताउदै मेयर लामाले बागमती प्रदेशको नमुना शहर बनाउने आफनो योजनामा साथ र सहयोग गर्न नगरबासीलाई आग्रह गर्नुभयो । कार्यक्रममा हेटौडा–६ का वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, नवजीवन जयोति क्लबका अध्यक्ष राजकुमार बास्तोला, स्थानीय र सञ्चारकर्मी लगायतो सहभागिता थियो । नवजीवन ज्योति क्लबको सहयोगमा रक्षादेवी टोल विकास संस्थालाई २०८१ साल जेठ २२ गते विश्व वातावरण दिवसको दिन नमुना टोल घोषणा गर्ने कार्यक्रम छ ।













