बागमती प्रदेशको ७ वटा अस्पताललाई शववाहन हस्तान्तरण
१४ साउन, हेटौँडा । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र मकवानपुरले प्रदेशका अस्पतालहरुलाई शववाहन हस्तान्तरण गरेको छ ।
पशुपति चौलागाई अस्पताल दोलखा, रसुवा अस्पताल रसुवा, रामेछाप अस्पताल रामेछाप, चौतारा अस्पताल सिन्धुपाल्चोक, रत्ननगर बकुलर अस्पताल चितवन, सिन्धुली अस्पताल सिन्धुली, त्रिशुली अस्पताल नुवाकोट गरि सात जिल्लाका अस्पताललाई शववाहान हस्तान्तरण गरिएको हो । आर्थिक वर्ष२०७९÷८० को बजेटबाट करिब १ करोड ८ लाख ६५ हजारमा शववाहान खरिद गरिएको थियो । अस्पतालहरुलार्ई आवश्यकताको आधारमा शववाहन हस्तातरण गरिएको र आवश्यकता एवम् प्राथमिकताको आधारमा अन्य अस्पतालहरुलाई पनि हस्तान्तरण गरिने स्वास्थ्य मन्त्री उतम जोशीले बताउनु भयो ।
स्वास्थ्य मन्त्री जोशीको प्रमुख आतिथ्तामा भएको कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्री बहादुर खडका, स्वास्थ्य महाशाखा प्रमुख दिपक प्रसाद तिवारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम स्वास्थ्य आपुर्ति व्यव्स्थापन केन्द्र मकवानपुरका निर्देशक बसन्त अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।













