रक्षादेवी टोललाई नमुना टोल बनाईने

स्वर्णिम खबर
१३ श्रावण २०८०, शनिबार १८:५८

१३ साउन, हेटौडा । हेटौडा–६ मा रहेको रक्षोदेवी टोल विकास संस्थालाई नगरको नमुना टोल बनाईने भएको छ ।
शनिवार हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वनको सभाहलमा भएको कार्यक्रममा रक्षादेवी टोललाई नमुना टोल बनाउने प्रतिवद्धता पत्रमा नवजीवन ज्योति क्लबका अध्यक्ष राजकुमार बास्तोला र रक्षादेवी टोल विकास संस्थाका अध्यक्ष रमेश कुमार बानियाँले हस्ताक्षर गर्नुभएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै हेटौडा उपमहानगरपालिका प्रमुख मीना लामाले राम्रो कामको लागि उपमहानगर सदैव सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा नमुना टोलले गर्नुपर्ने कार्यहरुको बारेमा विके महर्जनले सहजीकरण गर्नु भएको थियो । नवजीवन ज्योति क्लबका अध्यक्ष राजकुमार बास्तोलाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौडा–६ का कार्यवाहक वडा अध्यक्ष विजय पौडेल, वडा सदस्य लेखराज ढकाल, भूमि आयोग मकवानपुरका विज्ञ सदस्य अर्जुन प्रसाद चौलागाई, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष धु्रव अधिकारी, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडल, नवजीवन ज्योति ब्लका पूर्व अध्यक्ष श्याम प्रसाद श्रेष्ठ, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, सञ्चारकर्मी, टोल विकास संस्थाका पदाधिकारी, स्थानीय लगायतको सहभागिता थियो ।
२०८१ साल जेठ २२ गते विश्व वातावरण दिवसको दिन रक्षादेवी टोललाई नमुना टोल घोषणा गरिने भएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*