रानी र चुच्चेखोला सामुदायिक वनको अवलोकन

स्वर्णिम खबर
६ श्रावण २०८०, शनिबार १८:२६

६ साउन, हेटौँडा । मकवानपुरगढी–५ मा रहेको बुङदल सामुदायिक वनका पदाधिकारीहरुले हेटौडा–६ मा रहेको रानी सामुदायिक वन र चुच्चेखोला सामुदायिक वनको शनिवार अवलोकन गरेका छन् ।
अवलोकनमा आएका सामुदायिक वनका पदाधिकारीहरुलाई रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल र कार्यालय सचिव भीमसेन पौडेलले समूहले गरेका विभिन्न कार्यहरुको बारेमा जानकारी गराउनुभएको थियो । सहभागीहरुले समूहद्वारा निर्मित विपी गणेशमान पार्कको समेत स्थलगत अवलोकन गरेका थिए । यसैगरि सो समूहले चुच्चेखोला सामुदायिक वनद्वारा सञ्चालित काष्ठमिल र सालक पार्कको समेत अवलोकन गरेका छन् । सो अवसरमा समूहका उपाध्यक्ष उमेश अधिकारी, सदस्य केदार पुडासैनी र कार्यालय सचिव केदार प्रसाद गौतमले समूहले गरेका विभिन्न गतिविधीहरुको बारेमा जानकारी गराउनुभएको थियो । बुङदल सामुदायिक वनका अध्यक्ष चन्द्रप्रसाद दुलालको नेतृत्वमा आएको टोलीमा कार्यसमितिका पदाधिकारी र सल्लाहकारहरुको सहभागिता थियो । राष्ट्रिय तथा अन्तराष्ट्रिय सामुदायिक वनका विशेषज्ञहरुको रोजाईमा परेको यो सामुदायिक वनको हाल सम्म ५ सय ६७ वटा टोलीहरुले अवलोकन गरिसकेको समूहले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*