बालबोध माबिमा युवा रेडक्रस सर्कल पुनर्गठन

स्वर्णिम खबर
२७ असार २०८०, बुधबार २०:४७

२७ असार, हेटौंडा । बालबोध माबि हटियामा युवा रेडक्रस सर्कल पुनर्गठन गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री शिबहरि दाहालको प्रमुख आतिथ्यमा तथा बालबोध माबिका शिक्षक नायक शंकर भण्डारीको अध्यक्षमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी हटिया उपशाखाका सभापति राजकुमार बास्तोला, बालबोध माबिका बिधालय ब्यबस्थापन समितीका अध्यक्ष प्रदिप अर्याल, प्रधानाध्यापक रमेश रिजाल, उपशाखा सचिब मोहनचन्द्र चौलागाईं, कोषाध्यक्ष रामकुमार अर्याल लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । भेलामा प्रमुख अतिथी दाहालले रेडक्रस अभियान, जुनियर युवा रेडक्रसको आबस्यकता र महत्व लगायतका बारेमा बिद्यार्थीहरुलाइ प्रशिक्षण दिनुभएको थियो । भेलाले अरुणा गर्तौलाको अध्यक्षमा ११ सदस्यीय युवा रेडक्रस सर्कल गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*