बंशगोपाल माविद्वारा एसईईमा उत्कृष्ट विद्यार्थीहरु सम्मानित
२४ असार, हेटौँडा । हेटौडा–६ चौघडामा रहेको बंशगोपाल माविले २०७९ सालको एसईइ परीक्षमा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई आईतवार विद्यालयमा आयोजित कार्यक्रममा सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
जिपिए ए प्लस ल्याउने विद्यार्थीलाई नगद १० हजार र ए ल्याउनेलाई ५ हजार सहित सम्मान गरिएको थियो । परीक्षामा सहभागि ६५ जना विद्यार्थी मध्ये ए प्लस ल्याउने ५ जना ए ल्याउने ८ जना बी प्लस ल्याउने १२ जना बी ल्याउने १५ जना सी ल्याउने १६ जना र सी प्लस ल्याउने ९ जना रहेको विद्यालयले जनाएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्याम प्रसाद श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य रमेश प्रसाद लामिछानेले सबैको प्रयासबाट राम्रो नतीजा आएको बताउनुभयो । कार्यक्रममा वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, सरिता सापकोटा, शिक्षक अभिभावक संघका अध्यक्ष रमेश कार्की, शिक्षक शिक्षिका, विद्याथी,अभिभावक, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । विद्यालयले ईतिहासमै राम्रो नतिजा ल्याउन सफल भएको खुशीयालीमा चौघडा, रक्षादेवी टोल, पुतली बजार परिक्रमा गरिएको थियो ।













