फलफुल तथा तरकारी ब्यवसायी संघ मकवानपुरको अध्यक्षमा हुमागाई
२३ असार, हेटौँडा । नेपाल फलफुल तथा तरकारी ब्यवसायी संघ मकवानपुरको अध्यक्षमा कृष्णप्रसाद हुमागाई निर्वाचित हुनुभएको छ ।
शनिबार भएको संघको नयाँ कार्यसमिति चयन अन्तर्गतको निर्वाचनमा अध्यक्षपदका उम्मेदवार हुमागाईले कुल खसेको ३ सय ७ मत मध्ये १ सय ८० मत प्राप्त गर्दै संघको अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी मनु दाहालले ७५ मत प्राप्त गर्दा कमलकुमार रौनियारले ३२ मत प्राप्त गरेको थियो । २० मत भने बदर भएको छ । संघको कोषाध्यक्षमा ऋषि सापकोटाले १ सय ९१ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । यस्तै संघको महासचिवमा सन्तोशी बर्तौला यसअघि नै निर्विरोध निर्वाचित भईसकेकी छिन । गत असार १६ र १७ गते भएको संघको १६ औ वार्षिक साधारणसभाबाट संघको उपाध्यक्षहरुमा आशिस रौनियार र बिमल पौडेल, सचिवमा नवराज शर्मा पौडेल र सह–सचीवमा कृष्ण साह कानु निर्विरोध चयन भईसकेका छन । भने सदस्यहरुमा राम बहादुर ब्लोन, उमा खुलाल खड्का, क्षेत्रबहादुर खड्का , रेणु महत्तो सुडि, रामशरण बजगाई र आईतसिह घलान सर्वसम्मत चयन भएका छन ।













