प्रेस चौतारी नेपाल मकवानपुरको साधारणसभा सम्पन्न

स्वर्णिम खबर
२७ जेष्ठ २०८०, शनिबार १७:३३

२७ जेठ, हेटौँडा । प्रेस चौतारी नेपाल मकवानपुरको वार्षिक साधारण सभा शनिबार हेटौंडामा भएको छ ।
बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यता तथा प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रथम मुख्यमन्त्री पौडेलले अहिले पत्रकारितामा प्रविधिको दुरुपयोग बढ्दै गइरहेको बताउनुभयो । तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामाले पत्रकारिता पेशालाई मर्यादित ढङ्गले सञ्चालन गरिनुपर्ने बताउनुभयो । यसैगरी कार्यक्रममा प्रेमनाथ चौलागाई स्मृती पत्रकारिता पुरस्कारबाट उज्वल अधिकारी र श्रृजनशील पत्रकारिता पुरस्कारबाट सानुमाया गुरुङ (निशा)लाई नगद सहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सचिव विष्णु तारुकी, बागमती प्रदेश अध्यक्ष सरद सापकोटा, एमाले पार्टी सचिव नवीन सिग्देल, बागमती प्रदेश पत्रकार महासंघका निवर्तमान अध्यक्ष प्रताप विष्ट, महासचिव कृष्ण सारु मगर, जिल्ला अध्यक्ष मणिराज गौतम, वानका केन्द्रीय उपाध्यक्ष उज्वल चौलागाई, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी, स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारी, प्रेस सेन्टरका उपाध्यक्ष राजकुमार केसीले लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*