नतिजा प्रवोधीकरण र विद्यालय कार्य सम्पादन परिक्षण कार्यक्रम सम्पन्न
२७ जेठ, हेटौँडा । नतिजा प्रवोधीकरण, राष्ट्रिय विधार्थी उपलब्धी परिक्षण र विद्यालय कार्य सम्पादन परिक्षण कार्यक्रम शनिवार हेटौंडामा सम्पन्न भएको छ ।
अहिले प्रदेशमा भएको शिक्षाकोे वास्तविक अवस्थाको बारेमा शिक्षाका सरोकारवालाहरुलाई जानकारी गराई सुधारका लागी आवश्वक रणनिति बनाउन बागमती प्रदेश स्तरीय गोष्ठी गरिएको शैक्षिक गुणस्तर केन्द्रका निर्देशक कुमार वस्नेतले जानकारी दिनुभयो । ईङ्लिस, गणित, विज्ञान,र नेपालीमा परिक्षण गरिएकोमा गणित विषयमा जम्मा ३५ प्रतिशत मात्र उपलब्धी हासिल गरिएको तर अझै नतिजा सन्तोषजनक नरहेको बस्नेतले बताउनुभयो । सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव भगवान अर्याल, शैक्षिक गुणस्तर केन्द्रका निर्देशक नारायण झा लगायत विभिन्न विद्यालयका सरोकारवालाहरुको उपस्थिती रहेको थियो । शैक्षिक गुणस्तर परक्षण केन्द्र सानोठिमि भक्तपुरले आयोजना गरिएको कार्यक्रममा केन्द्रका महानिर्देशक चन्द्रकान्त भुसालको सभाध्याक्षता रहेको थियो ।













