किशोर चन्द्र ढकालको अध्यक्षतामा ९ सदस्यीय नगर कार्य समिति चयन

स्वर्णिम खबर
२० जेष्ठ २०८०, शनिबार १६:०६

२० जेठ, हेटौँडा । नेपाल ढकाल समाज प्रतिष्ठान मकवानपुरको उपमहानगर स्तरिय वन्धु भेला शनिबार हेटौँडामा सम्पन्न भएको छ ।
शनिबार भएको भेलाले किशोर चन्द्र ढकालको अध्यक्षतामा ९ सदस्यिय नगर कार्य समिति चयन गरिएको हो । त्यसैगरी उपाध्याक्षमा आरती ढकाल, सचिवमा उमेश ढकाल, कोषध्याक्ष विश्वनाथ ढकाल, सह सचिवमा सरोज ढकाल र सदस्यहरुमा गोपाल प्रसाद ढकाल, श्रीकृष्ण ढकाल, कृष्ण प्रसाद ढकाल, सिताराम ढकाल चयन भएका छन् । जेष्ठ तथा वयवृद्ध विष्णु प्रसाद ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएकोे हो । आपसमा भाईचाराको बृद्धि गर्दै समाजलाई अझ चुस्त दुरुस्त बनाउने उद्देश्यले कार्यक्रम भएको थियो । कार्यक्रम आनन्द ढकालको अध्यक्षतामा सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*