मकवानपुर घर जग्गा व्यवसायी संघको अध्यक्षमा मैनाली चयन

स्वर्णिम खबर
१६ बैशाख २०८०, शनिबार १७:४०

१६ वैशाख, हेटौंडा । मकवानपुर घर जग्गा व्यवसायी संघको अध्यक्षमा कमल मैनाली सर्वसम्मत चयन हुनुभएको छ
शनिबार भएको चौथो साधारण सभा एंव दोश्रो अधिवेशनबाट मैनालीको अध्यक्षतामा १३ जनाको नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा राजकुमार बानियाँ, भिम प्रसाद तिमल्सीना(पबन), युवाकर मैनाली, महासचिबमा सम्भु पुडासैनी, सचिबमा बिजय गौतम, कोषाध्यक्षमा कृष्ण प्रसाद चौलागाई र सहकोषाध्यक्षमा दिपेन्द्र यादब चयन भएका छन् । यसैगरी सदस्यहरुमा गणेश भ्लोन, गोपाल कृष्ण नेपाल, राजकुमार बास्तोला, राजकुमार थिग, शंकर राउत चयन भएको निर्वाचन अधिकृत ईश्वर राज ढकालले बताउनु भयो । नयाँ समितिको कार्यकाल ३ वर्ष रहनेछ । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता एवम् संघका निवर्तमान अध्यक्ष विष्णु प्रसाद घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको हो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*