गठबन्धन सरकारको कारण मुलुकमा आर्थिक संकट देखाप¥योः महासचिव पोखरेल

स्वर्णिम खबर
२ बैशाख २०८०, शनिबार १८:२५

२ वैशाख, हेटौँडा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकार कै कारण मुलुकले आर्थिक संकट व्यहोर्नुपरेको बताउनुभएको छ ।
शनिबार हेटौंडामा नेकपा एमाले हेटौंडा उपमहानर कमिटिले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दे महासचिव पोखरेलले गठबन्धन सरकारले अवैधानिक अर्थव्यवस्थालाई प्रोत्साहित गरेरका कारण मुलुकले आर्थिक संकट देखापरेको बताउनुभयो । उहाँले मुलुकलाई आर्थिक संकटबाट जोगाउने सार्मथ्य नेकपा एमाले बाहेक अन्य पार्टीसँग नरहेको समेत जिकिर गर्नुभयो । नेकपा एमाले सरकारमा सहभागी हुदाँ अर्थतन्त्रमा सुधार देखिएको र अहिलेको गठबन्धन सरकार बनेपछि अर्थतन्त्र धरासायी भएको महासचिव पोखरेलले दाबी गर्नुभयो ।
यस्तै भेलालाई सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई इंगित गर्दै जनताको प्रश्न देखेर रिसाउने र भाग्नेहरु जनताको नेता हुन नसक्ने टिप्पणी गर्नुभयो । उहाँले अरुलाई प्रश्न गर्न सहज भएको मान्नेहरु आफुलाई प्रश्न आउँदा भाग्दै हिडेको बताउनुभयो ।
महासचिव पोखरेलले नेकपा एमाले बाहेकका दलहरुले मुलुकमा समृद्धि ल्याउन नसक्ने बताउँदै सबैले नेकपा एमालेलाई साथ दिनुपर्ने समेत बताए । नेकपा एमालेको मिसन ग्रासरुट अन्र्तगत गरिएको हेटौंडा उपमहानरपालिकाको कार्यकर्ता भेलामा महासचिव पोखरेलले एकहजार जनालाई प्रशिक्षण दिनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*