प्रधानमन्त्रीसँग लक्ष्य पुरा गर्ने आत्मविश्वास देखिंदैनः महामन्त्री थापा

स्वर्णिम खबर
२४ चैत्र २०७९, शुक्रबार १६:४१

२४ चैत्र, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाले निर्देशन र घोषणाबाट शासकिय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ ।
शुक्रवारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल निर्देशन र घोषणाहरु मात्रै गर्दै हिँडेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीलाई उद्घाट्न र सम्मेलनहरुमा जान भ्याइनभ्याइ भएको भन्दै प्रधानमन्त्री फुर्सद भएकोप्रति आफू छक्क परेको टिप्पणी गर्नुभयो । सांसद थापाले प्रधानमन्त्री लक्ष्यमा पुग्नका लागि अलमल भइरहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहालसँग लक्ष्य पुरा गर्ने आत्मविश्वास नदेखिएको उल्लेख गर्नुभयो ।
सांसद थापाले सरकारको नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम संसद चलिरहेको बेलमा बाहिरबाट सार्वजनिक गरिएकोप्रति विरोध जनाउनु भयो । उहाँले न्युनतम कार्यक्रम संसदभित्रै प्रश्तुत हुनुपर्ने बताउनु भयो । संसद चलिरहेको बेलामा यस्ता कार्यक्रमहरु संसदभित्रै प्रश्तुत गर्ने परम्परा बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सांसद थापाले प्रधानमन्त्रीलाई काम गर्नका लागि राम्रो समूह चाहिने भन्दै प्रधानमन्त्रीसँग राम्रा समूह नभएको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*