सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायम रहन्छः माधव नेपाल

स्वर्णिम खबर
२२ चैत्र २०७९, बुधबार १७:४३

२२ चैत्र, काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायम रहने दावी गर्नु भएको छ ।
वर्तमान सरकार र सत्तारुढ गठबन्धन कहिलेसम्म रहन्छ ? भन्ने आशंका कसैकसैले गर्ने गरेको उल्लेख गर्दै उहाँले सो कुरा बताउनु भएको हो । बुधबार पार्टीको केन्द्रिय प्रचार विभागले काठमाडौंमा आयोजना गरिएको ‘सम्पादकसँग भेटघाट तथा अन्तरक्रिया’ कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्मै कायम रहनेमा ढुक्क हुन पनि आग्रह गर्नु भयो । उहाँले मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनलाई ध्यानमा राखेर सत्तारुढ गठबन्धनलाई अगाडि बढाइएको पनि बताउनु भयो ।
अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन जनताको जनादेश अनुसार बनेको र यसले मुलुकलाई मिलेर अघि बढाउने प्रण गरेको पनि बताउनुभयो । उहाँले एमालेसँग पनि एकता गरेर जान सकिने उल्लेख गर्नुभयो । केपी ओलीप्रति संकेत गर्दै उहाँले मति सप्रियो भने एमालेसँग पनि एकता गरेर जान सकिने स्पष्ट पार्नु भयो । देशभरका सबै बामपन्थी शक्तिहरुलाई एकतावद्ध गरेर अघि बढन आफ्नो पार्टीले चाहेको पनि अध्यक्ष नेपालले पटकपटक दोहो¥याउनु भयो ।
त्यस अवसरमा अध्यक्ष नेपालले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि सरकारले अघि बढाएको कदमको पनि खुलेर प्रशंशा गर्नु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*