धर्मका प्रकार फरक छन् तर लक्ष्य एउटै होः उपराष्ट्रपति यादव

स्वर्णिम खबर
२१ चैत्र २०७९, मंगलवार १३:३२

२१ चैत्र, काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले धर्मको परिभाषा र प्रभाव सर्वजनहीतायको भावनाले मात्रै ओतप्रोत हुने बताउनुभएको छ ।
मंगलवार जैन धर्मका प्रवर्तक महावीरको २६ सय २२ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले धर्मका विभिन्न प्रकार भएपनि सबै धर्मको लक्ष्य भनेको एउटै हुने बताउनु भयो । उहाँले धर्मले नै संसारका सबै नीति, नियम र प्रक्रियालाई अनुशाषित रुपमा अघि बढ्न प्रेरित गर्ने उल्लेख गर्नुभयो । उहाँले महावीरका अहिंसा, एकान्त, अपरिग्रहहरु सिद्धान्त सामाजिक जीवनमा आजपनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भयो ।
उपराष्ट्रपति यादवले महावीरका उत्कृष्ट सिद्धान्तहरुलाई अनुशरण गर्दै धर्म, संस्कृति, समाजसेवाका माध्यमबाट आफ्नो सकारात्मक छाप छोड्न उनका अनयायीहरु सफल रहेको बताउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*