सिमलटार र सागरपथका बिपन्न परिवारलाई झुल वितरण

स्वर्णिम खबर
१५ चैत्र २०७९, बुधबार २१:२८

१५ चैत्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नंबर ११ सिमलटार, सागरपथका बिपन्न परिवारलाई झुल वितरण गरिएको छ ।
वार्म नेष्ट नेपालको सहयोगमा ७० बिपन्न परिवारलाई झुल बितरण गरिएको वार्म नेष्ट नेपालका सिमलटार प्रतिनिधि जोसन योन्जनले जानकारी दिनुभयो । गर्मी बढेसँगै लामखुट्टेको संख्या पनि बढ्ने भएकोले डेङ्गु, मलेरिया जस्ता रोगहरु बाट बच्न झुल वितरण गरिएको योन्जनको भनाइ छ ।


राष्ट्रिय भूमि अधिकार मन्च मकवानपुर र नगर समितिको ब्यवस्थापनमा गरिएको कार्यक्रममा मन्चका जिल्ला सचिवालय सदस्य देवकृष्ण थोकर, नगर अध्यक्ष गोविन्दप्रसाद न्यौपाने, सिमलटार टोल बिकास संस्थाका सदस्य सुन्दरलाल श्रेष्ठ लगायतकाको आतिथ्य रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*