क्यान इन्फोटेक २०२३ः सिसिटिभी तथा नेटवर्किङ तालिम सम्पन्न

स्वर्णिम खबर
५ चैत्र २०७९, आईतवार २०:१८

५ चैत्र, हेटौंडा । हेटौंडामा जारी बागमती प्रदेश स्तरीय आइकन सफ्ट क्यान इन्फोटेक २०२३ इन एशोसिएसन विथ एम बैंकको चौंथो दिन सिसिटिभी तथा नेटवर्किङ तालिम कार्यक्रम सम्पन्न भएको छ ।
कम्पयुटर एसोसिएसन महासंघका केन्द्रिय सचिव भुपाल दास श्रेष्ठको बिशेष आतिथ्यतामा आइतबार तालिम सम्पन्न भएको हो । यस प्रशिक्षणमा इन्टरनेटको माध्यमबाट हुने दैनिक कार्यहरु कसरी सहज र समस्यारहित तािरकाले सम्पन्न गराउने तरिकाबारे सिकाइएकोले यस्तो प्रशिक्षण महत्वपुर्ण रहेको तालिममा सहभागि हुनुभएका राजकुमार महतोले बताउनुभयो । यस्तै सिसिटिभी सिस्टमलाई कसरी आधुनिक र उच्च सुरक्षा कायम गराउने बिषयमा केन्द्रित रहेकोले आफुलाई तालिम अति उपयोगि लागेको अर्का सहभागि प्रतिभा चौधरीले बताउनुभयो । नेटवर्किङको क्षेत्रमा कार्यरत व्यक्तित्वहरुलाई थप प्रशिक्षित गराउने उद्देश्यले तालिम आयोजना गरिएको संयोजक पुष्पराज पुडासैनीले जानकारी दिनुभयो । सेमिनारमा कम्प्युटर एशोसिएसन मकवानपुरका अध्यक्ष शिव कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रोसन गिरीले मुख्य प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा सैद्धान्तिक तथा प्रयोगात्मक दुवै सिपहरु सिकाइएको थियो । स्थानीय तहमा कार्यरत आइटी कर्मचारी तथा बिद्यालयका कम्प्युटर शिक्षक लक्ष्यित यस तालिममा ग्रिन क्युब टेक्नोलोजीका मन्दीप खरेल, हेटौंडा सिटी कलेजका प्राध्यापक सनी पाण्डे, कम्प्युटर एशोसिएसन नेपाल (क्यान )सर्लाहीका अध्यक्ष नरेश दास, क्यान सर्लाहीका सदस्य भरतलाल महतो लगायत प्रशिक्षार्थीहरुको सहभागिको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*