सत प्रतिशत सांसद्ले मत दिनेमा प्रधानमन्त्री विश्वस्त

स्वर्णिम खबर
५ चैत्र २०७९, आईतवार १८:०२

५ चैत्र, काठमाडौँ । प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सोमवार विश्वासको मत लिने बारेमा जानकारी गराइएको छ ।
आईतवार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत लिनेबारेमा जानकारी गराउनुभएको हो । प्रधानमन्त्री दाहालले (सोमवार) विश्वासको मत लिँदै हुनुहुन्छ । यसैबीच प्रधानमन्त्री दाहालले आफूले सय प्रतिशत सांसदहरुको विश्वासको मत पाउने आशा राखेको बताउनुभयो । उहाँले पहिला ९९.२५ प्रतिशत सांसदहरुको विश्वासको मत पाएको उल्लेख गर्दै उहाँले सोमवार सय प्रतिशत पुग्ने आशा व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री दाहाललाई हालसम्म नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन् ।प्रतिनिधि सभाको अर्को बैठक चैत ६ गते सोमवार १ बजे बस्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*