उपराष्ट्रपति पदका लागि मतदान शुरु

स्वर्णिम खबर
३ चैत्र २०७९, शुक्रबार ११:३३

३ चैत्र, काठमाडौँ । उपराष्ट्रपति पदका लागि मतदान शुरु भएको छ ।
नयाँ बानेश्वरको संसद भवनस्थित ल्होत्से हलमा उपराष्ट्रपति पदका लागि मतदान प्रक्रिया शुरु भएको छ । मतदान प्रक्रिया बिहान १० बजेबाट शुरु भएको हो भने दिउँसो ३ बजेसम्म चल्नेछ । उपराष्ट्रपतिमा उम्मेदवार रामसहायप्रसाद यादवले मतदान गरिसक्नुभएको छ भने अन्य उम्मेदवारहरु अष्टलक्ष्मी शाक्य र ममता झाले सांसद नभएका कारण मतदान गर्न पाउनु हुनेछैन । उहाँहरु पनि निर्वाचन स्थलमा भने पुगिसक्नुभएको छ । अन्य सांसदहरुले पनि अहिले उपराष्ट्रपति पदका लागि मतदान गर्ने क्रम जारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*