राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पद तथा गोपनीयताको शपथग्रहण

स्वर्णिम खबर
२९ फाल्गुन २०७९, सोमबार १३:४६

२९ फागुन, काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा सोमवार दिउँसो आयोजित विशेष समारोहका बीचमा पौडेलले शपथग्रहण गर्नुभएको हो । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ गराउनुभएको हो । शपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपति लगायतको उपस्थिति रहेको थियो । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो । सो अवसरमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । साथै नेपाली सेनाको एक टुकडीले निःवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिदाईका क्रममा सलामी अर्पण गरेको छ । साथै निःवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाईका क्रममा सरकारका तर्फबाट मायाको चिनो प्रदान गर्नुभएको थियो । आजबाट नै राष्ट्रपति पौडेलले राष्ट्राध्यक्षको रुपमा काम गर्नुहुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*