राष्ट्रपति निर्वाचनको लागि मतदान जारी

स्वर्णिम खबर
२५ फाल्गुन २०७९, बिहीबार १२:५६

२५ फागुन, काठमाडौँ । राष्ट्रपति निर्वाचनका लागि अहिले संघीय संसद भवनको ल्होत्से हलमा मतदान भइरहेको छ ।
बिहान १० बजेबाट राष्ट्रपतिका लागि भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । राष्ट्रपतिका लागि नेपाली काँग्रेसबाट वरिष्ठ नेता रामचन्द पौडेल र नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ । ९ दलीय गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिलो मत हाल्नुभएको हो ।
यसैबीच मतदान गरिसकेपछि सञ्चारकर्मीसंग कुराकानी गर्नुहुँदै उम्मेदवार पौडेलले राष्ट्रपति बनेर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने आफ्नो उद्देश्य रहेको बताउनुभएको छ । उम्मेदवार पौडेलले संविधानको अक्षरशः भावनालाई इमान्दारितापूर्वक पालना गर्ने कुरामा आफूलाई समर्पित गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्ने कुरामा आफू सचेत रहेकाले सोही अनुसारको व्यवहार हुने बताउनुभयो ।


यसैगरी नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार नेम्वाङले देश र जनताको अगाडि ठूलो चुनौति रहेकाले सबै एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । उहाँले आफू राष्ट्रपतिमा निर्वाचित भए जनताको राष्ट्रपति बनेर जनताको काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले राष्ट्रपति सवारीमा निस्किँदा जनताले आफ्नो परिवारको सदस्य आयो भन्ने अनुभुति दिलाउने बताउनुभयो ।


राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रदेशतर्फका ८ सय ४२ सांसदले मतदान गर्नेछन् । संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ छ । सबै उम्मेदवारको मतभार जोड्दा ५२ हजार ७८६ हुन्छ र राष्ट्रपति निर्वाचित हुन बहुमत अर्थात २६ हजार ३९४ मतभार चाहिन्छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*