हेटौंडाको हटियामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

स्वर्णिम खबर
२४ फाल्गुन २०७९, बुधबार १७:५५

२४ फागुन, हेटौँडा । हेटौंडामा मोटरसाइकल र स्कुटर ठोकिदा २ जनाको मृत्यु भएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ हटियाको कठाएत चोकमा सवारी दुर्घटना हुँदा दुइ जनाको मृत्यु भएको हो । अरु दुइ जना घाइते भएका छन् । हेटौंडा बजारबाट ठूलदमार जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएको बागमती प्रदेश ०३–०५ प ७११ नम्बरको स्कुटर एकआपसमा ठोक्किदा मोटरसाइकल चालक र स्कुटर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा–१८ भालुखोलाका १८ वर्षीय अर्जुन भोम्जन र स्कुटर चालक नुवाकोट ककनी नगरपालिका–४ की २८ वर्षीया जीना लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । भोम्जनको हेटौंडामा र लामाको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते हेटौंडा १८ रामधुनीका १६ वर्षीय सुजन घलानको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने अर्का घाइते बागमती गाउँपालिका–८ शान्तिपुरकी २४ वर्षीया ललिता थापामगरलाई थप उपचारको लागि चितवन रिफर गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*