शान्ति सम्झौता विपरीतका गतिविधिको प्रतिवाद गर्ने माओवादी धारका ८ पार्टीको निर्णय

स्वर्णिम खबर
२३ फाल्गुन २०७९, मंगलवार १२:५२

२३ फागुन, काठमाडौँ । माओवादी धारका राजनीतिक दलहरुले शान्ति प्रक्रियाको मर्म र भावना विपरितका गतिविधिहरुको संयुक्त रुपमा प्रतिवाद गर्ने निर्णय गरेका छन् ।
मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका राजनीतिक पार्टीहरुको बैठकले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै यस्तो निर्णय गरेको हो । उनीहरुले संक्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे माओवादी धारका पार्टीहरुको ध्यानाकर्षण भएको शान्ति प्रक्रियासँग जोडिएका विषयवस्तुहरु विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरुप व्यवस्थापन गनुपर्छ भन्ने कुरामा एकमत रहेको बताएका छन् । संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत अघि बढाइनुपर्ने उनीहरुको माग छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले संक्रमणकालीन न्यायको क्षेत्रकाधिकार संक्रमणकालीन न्यायको मान्यताअनुसार सत्य निरुपण मेलमिलाप आयोग मार्फत नै हल हुनुपर्ने विषय भएको बताउनु भयो । त्यस्ता आयोगहरुमा छिटो भन्दा छिटो संयन्त्र बनाएर नै शान्ति प्रक्रियाका बाँकी सम्झौता हल हुनुपर्ने कुरामा माओवादी धारका पार्टीहरु एकमत रहेको स्पष्ट पार्नुभयो ।
अध्यक्ष दाहालबिरुद्ध केही दिन अगाडि सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो । उक्त निवेदनमा अध्यक्ष दाहाललाई पक्राउ गरी फौजदारी मुद्दामा अनुसन्धान हुनुपर्ने मागदाबी गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*