मेची–काली साइकलयात्री हेटौंडामा

स्वर्णिम खबर
११ फाल्गुन २०७९, बिहीबार १४:१८

११ फागुन, हेटौँडा । हिमालयन राइडर्स सोसाईटीका सदस्य कीर्तन गोपाली र राजीव ठाकुर मेचीदेखि साइकल यात्रा गरी बुधबार हेटौंडा आइपुगेका थिए ।
उनीहरुलाई सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठ, सचिव राजु थापालगायतका पदाधिकारीहरुले हेटौंडामा बुधबार बिहान स्वागत गरेका थिए । गोपाली थाहा नगर निवासी हुन् भने ठाकुर हेटौंडा–४ कर्रा निवासी हुन् । गत फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर झापाको काँकडभिट्टटाबाट साइकलयात्रा सुरु गरेका गोपाली र ठाकुर तेस्रो दिनको साँझ हेटौंडा आइपुगेका हुन् ।

वातावरण जोगाएर सम्पूर्ण प्राणी जगतको रक्षा गर्ने मूल नारा सहित साइकलयात्रा सुरु गरेका थिए । स्वास्थ्यका लागि साइकल, पर्यावरणका लागि साइकल, पर्यटनका लागि साइकल भन्ने नारा उनीहरुले बोकेका छन् । सहरी क्षेत्रमा दैनिक कामकाजका लागि पनि साइकल नै प्रयोग गर्न प्रेरित गर्ने उद्धेश्यले मेची–काली साइकलयात्रा सुरु गरेको उनीहरुले बताएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*