हेटौंडा ४ स्कुलरोडमा एभरेष्ट बारबर शपको शुभारम्भ
९ फागुन, हेटौँडा । हेटौंडाको युवा उद्यमी तथा ब्यबसायीले हेटौंडा ४ स्कुलरोडमा एभरेष्ट बारबर शपको शुभारम्भ गरेका छन् ।
प्रदिप राउत, राज न्यौपाने र प्रमोद घिमिरेले संयुक्त रुपमा शपको शुभारम्भ गरेका हुन् । शपको जिल्ला युवा समितिको कार्यालय, मकवानपुरका अध्यक्ष शिबहरि दाहालले उद्घाटन् गर्नुभएको हो । युवासँग सीप, अनुभव र क्षमता भयो भने नेपाली माटोमा नै केही गर्न सकिन्छ भन्ने गतिलो उदाहरण पेश गरेको उनीहरुले बताएका छन् । आम युवाहरुले राउत र उनको टिमको खुलेर प्रशंसा र प्रोत्साहन गर्नुपर्ने अध्यक्ष दाहालले बताउनुभयो ।













