मकवानपुर गोल्डकपः एपीएफ अन्तिम ८ मा प्रवेश, युवराजको गोल निर्णायक
२९ माघ, हेटौँडा । पाँचौ संस्करणको स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टिम एपीएफ अन्तिम ८ मा प्रवेश गरेको छ ।
हेटौंडा –५ स्थित पिप्ले क्याम्पा रंगशालामा आईतवार भएको खेलमा सातदोबाटो क्लब ललितपुरलाई १–० गोलअन्तरले पराजित गर्दे एपिएफले अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो । एपिएफको लागि युवराज खड्काले गरेको गोल नै निर्णायक बन्यो । उनले पहिलो हाफको ५ औं मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सातदोबाटोले प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिन पुगेको छ । सोमबार दिउँसो एनआरटी फुटबल क्लब काठमाडौं र विरगजं युनाईटेड पर्साबीच खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन १० गतेहुनेछ । प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्तगर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने छन् । प्रतियोगितामा विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र म्यान अफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।













