नीति तथा कार्यक्रमहरुको कार्यान्वयनका लागि पुनर्विचार गर्न सरकारलाई राष्ट्रपतिको आग्रह

स्वर्णिम खबर
२७ माघ २०७९, शुक्रबार १७:४७

२७ माघ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र कानुनले प्रत्याभूति गरेका विषयहरु पूर्ण रुपमा अवलम्बन गर्न अझै बाँकि रहेको बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीले आफ्नो नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि पुनर्विचार गर्न सरकारलाई आग्रह समेत गर्नुभयो । शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले महिलामाथि हुने सबै प्रकारणको हिंसा अन्त्य हुन नसक्नुको कारणको खोजी गर्नुपर्नेमा पनि जोड दिनुभयो । राष्ट्रपति भण्डारीले स्वास्थ्य क्षेत्रमा लगानी बढाए पनि अझै पनि सुत्केरी महिलाहरूको उपचारको अभावमा ज्यान जाने अवस्था कायमै रहेको उल्लेख गर्दै चिन्ता समेत व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले स्वास्थ्य क्षेत्रमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्नका लागि पर्याप्त प्रयास गर्नुपर्ने पनि बताउनुभयो ।
राष्ट्रपति भण्डारीले सरकारले सार्वजनिक गरेको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम तत्काल नतिजा आउने गरी कार्यान्वयनमा लैजाने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तय गर्दा आवश्यक स्रोत व्यवस्थापनमा सरकारले ध्यान दिने समेत बताउनुभयो । राष्ट्रपति भण्डारीले नेपाली जनताको समृद्धि र विकासप्रतिको आकांक्षालाई पूरा हुने गरी तीन वटै तहका सरकारका संयन्त्रहरु प्रतिवद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । सरकारलाई मित्र राष्ट्र तथा अन्तराष्ट्रिय संस्थाहरुबाट विगतमा झैं आगामी दिनमा पनि निरन्तर सहयोग उपलब्ध हुने अपेक्षा समेत राष्ट्रपति भण्डारीले गर्नु भयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सात वर्षे कार्यकालमा सहयोग पु¥याउने नेपाल सरकार, राजनीतिक दल, राष्ट्र सेवक कर्मचारी र नेपाली नागरिकप्रति कृतज्ञता ज्ञापन गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*