राष्ट्रपति एमालेको भए मुलुकमा संवैधानिक दूर्घटना हुन्छः गगनकुमार थापा

स्वर्णिम खबर
२५ माघ २०७९, बुधबार १८:०५

२५ माघ, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)ले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दावी गर्नु भएको छ ।
महामन्त्री थापाले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई हराउनका लागि आफूहरुले सक्दो प्रयास गर्ने कुरा स्वभाविकै भएको जिकीर समेत गर्नु भयो । बुधबार काठमाडौंमा आयोजित अवको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल विषयक विचार गोष्ठीमा बोल्दै उहाँले राष्ट्रपतिप्रति आँखा नलगाउन एमाले अध्यक्ष केपी ओलीले आग्रह गरेको उल्लेख गर्दै आफूहरु आँखा लगाएरै अघि बढने बताउनुभयो । महामन्त्री थापाले राष्ट्रपति एमालेको भए मुलुकमा संवैधानिक दूर्घटना हुने डर काँग्रेसलाई भएकाले आफूहरु त्यो डरबाट मुक्त हुन पनि राष्ट्रपति आफूहरु पक्षको बनाउन लागिपर्ने उल्लेख गर्नुभयो ।
विगतका राष्ट्रपतिहरुको भूमिका ठिक नभएकाले पनि अहिलेको राष्ट्रपति एमालेलाई दिन नहुने पक्षमा आफूहरु रहेको महामन्त्री थापाको भनाई थियो । महामन्त्री थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा किन गएको ? भनि प्रश्न गर्नु भयो । उहाँले सरकारलाई दिएको समर्थन फिर्ता नगरेकोमा पनि सो पार्टीप्रति असन्तुष्टि जनाउनु भयो ।
महामन्त्री थापाले नेपालको लोकतन्त्रको रक्षाका लागि प्रेसमा पनि सुधारको आवश्यक्ता रहेको बताउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*