रवि लामिछानेले लिए नेपाली नागरिकताको प्रमाणपत्र

स्वर्णिम खबर
१५ माघ २०७९, आईतवार १७:२९

१५ माघ, काठमाडौँ । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको छ ।
लामिछानेले आईतवार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको हो । लामिछानेलाई वि.सं.२०५० सालमा लिएको नागरिकता नम्बर नै उल्लेख भएको नागरिकता प्रदान गरिएको छ । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानून बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रवार लामिछानेको सांसद पद खारेज गरेको थियो । सांसद पद खारेज भएसँगै लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पदबाट स्वतः पदच्युत हुनुभएको थियो । अदालतको फैसलासँगै लामिछाने अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानून बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जानुभएको थियो । यसैबीच लामिछानेले नेपाली नागरिकता लिएसंगै सभापतिको जिम्मेवारी पनि उनलाई नै दिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*