संघीयताको विरोध गर्ने मन्त्रीलाई स्पष्टीकरण सोधिनेछः प्रधानमन्त्री प्रचण्ड

स्वर्णिम खबर
१० माघ २०७९, मंगलवार १७:२३

१० माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक रुपमा संघीयताको बिरोध गर्ने मन्त्रीलाई स्पष्टीकरण सोध्ने बताउनुभएको छ ।
मंगलवार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो मन्त्रिपरिषद्को मन्त्रीले संघीयता खारेज गर्नुपर्छ भनेर दिएको अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले सार्वजनिक रुपमा संघीयताको बिरोध गर्ने मन्त्रीलाई स्पष्टीकरण सोध्ने बताउनु भयो । मन्त्रिपरिषद्भन्दा बाहिर बसेर आफ्नो कुरा राख्ने अधिकार सबैलाई भएपनि मन्त्रिपरिषद्भित्र बसेर संघीयता र गणतन्त्रको बिरुद्ध बोल्ने अधिकार कसैलाई नहुने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री दाहालले संघीय सरकारमा दश प्रतिशत भन्दा बढी मन्त्री नबनाउने स्पष्ट पार्नुभयो । उहाँले एउटा मन्त्री घटाउँदा करोडौँ रुपैयाँ वचत हुने भन्दै सत्तारुढ दलहरुलाई सर्वसम्मत बनाएर मन्त्रालय घटाउने बताउनु भयो । त्यस्तै प्रदेशको खर्च घटाउने र विकासको कामलाई जनताले देख्नेगरी अगाडी बढाएर लाने उहाँको भनाई छ ।
उहाँले संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ लाई कार्यान्वयन गर्ने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*