प्रतिनिधि सभालाई व्यवस्थित र मर्यादित बनाउनेछुः सभामुख घिमिरे

स्वर्णिम खबर
६ माघ २०७९, शुक्रबार १५:३३

६ माघ, काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले प्रतिनिधि सभालाई व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गर्ने बताउनुभएको छ ।
शुक्रवार सभामुखको पद तथा गोपनियताका शपथग्रहणपछि सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा कार्यभार सम्हाल्दै नवनिर्वाचित सभामुख घिमिरेले संसदलाई बढीभन्दा बढी व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गर्ने बताउनुभएको हो । उहाँले संसदलाई अझ बढी क्रियाशिल बनाउन पनि प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले संसदलाई प्रभावकारी ढंगले अगाडी बढाउने बताउनुभयो ।
सभामुख घिमिरेले नवनिर्वाचित सांसदहरुलाई संसदीय प्रक्रिया र अभ्याससम्बन्धी एक कार्यक्रम गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*