ओलीलाई विश्वप्रकाशको प्रश्नः उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व किन लिनुभयो ?

स्वर्णिम खबर
५ माघ २०७९, बिहीबार १४:३२

५ माघ, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पिँजडामा राख्न खोजेको टिप्पणी गर्नु भएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै उहाँले ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर प्रधानमन्त्री दाहाललाई पिँजडामा राख्न खोजेको बताउनु भएको हो । उहाँले ढोक्सा र माछाको कथा हालेर सरकारलाई पिँजडा भित्र कैद गर्ने प्रयास नगर्न पनि ओलीलाई आग्रह गर्नु भयो । महामन्त्री शर्माले आफ्नो पार्टीको माछालाई जालमा पार्ने कुनै योजना नभएको स्पष्ट पार्नु भयो । उहाँले आफैले संविधानले नचिनेको भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व किन लिनु भयो ? भनि ओलीलाई प्रश्न समेत गर्नु भयो ।
महामन्त्री शर्माले सत्तापक्षको सरकार र प्रतिपक्षको संसद भन्ने मान्यतालाई अघि बढाउन पनि सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने तर्क गर्नु भयो । आफ्नो दल प्रमुख प्रतिपक्ष भएको र उसले सबै भन्दा ठूलो दलको नाताले पनि सभामुख पद पाउनुपर्ने उहाँको भनाई थियो । महामन्त्री शर्माले केपी ओली प्रधानमन्त्रीत्व कालको स्मरण गराउँदै आफूहरुलाई प्रधानमन्त्रीलाई सहयोग नगर्ने सभामुख र अनाआवश्यक सहयोग गर्ने राष्ट्रपति नचाहिएको समेत बताउनु भयो । महामन्त्री शर्माले सभामुखका लागि ईश्वरीदेवी न्यौपाने, शालिन, अनुभवी र सुशिक्षित नेतृ भएको दावी समेत पटकपटक गर्नु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*