शिक्षक भलिबल प्रतियोगिताको उपाधि जि.एस.निकेतनले जित्यो
३० पुस, हेटौँडा । मदन भण्डारी स्पोर्टस ऐकेडेमी मकवानपुरको आयोजनामा भएको जिल्ला स्तरिय शिक्षक भलिबल रनिङ शिल्ड प्रतियोगीताको उपाधि जि.एस.निकेतनले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा महेन्द्र किरण मावि छतिवनलाई ३–० को सोझो सेटमा हराउँदै जि.एस.ले उपाधि जितेको हो । उपाधिसंगै जि.एस.ले नगद २५ हजार सहित प्रमाण पत्र र शिल्ड प्राप्त गरेको छ भने उपबिजेता बनेको महेन्द्र किरण माविले नगद १५ हजार सहित प्रमाण पत्र र शिल्डमै चित्त बुझायो । हेटौडा उपमहानगरपालिका ४ नंं. वडा कार्यलयको आयोजनामा भएको प्रतियोगीतामा २६ विद्यालयको सहभागीता रहेको थियो । भलिबलको समापन कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, मदन भण्डारी स्पोर्टस ऐकेडेमी मकवानपुरका अध्यक्ष रघुनाथ खुलाल, ऐकेडेमीका कन्द्रीय सदस्य राजन थापा, वडा नं. ४ का अध्यक्ष नविन सिग्देल, मदन भण्डारी स्पोर्टस कमिटीका अध्यक्ष प्रकाश सुवेदी लगायतको उपस्थिती रहेको थियो । मदन भण्डारी स्पोर्टस ऐकेडेमी शिक्षक संगठन मकवानपुरका अध्यक्ष राजाराम पोखरेलको संयोजकत्वमा प्रतियोगिता भएको हो ।













