प्रधानमन्त्री दाहाललाई संसदमा दुई तिहाईको बहुमत
२६ पुस, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा विश्वासको मत प्राप्त गर्नु भएको छ ।
प्रतिनिधिसभामा मंगलवार भएको मतदानमा प्रधानमन्त्री दाहालले २६८ मत प्राप्त गर्दै विश्वासको मत प्राप्त गर्नु भएको हो । विपक्षमा भने २ मत परेको थियो । बहुमतसहित प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट विश्वासको मत लिनु भएको सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले घोषणा गर्नु भयो । प्रतिनिधिसभाका सभाको अर्को बैठक माघ ५ गते बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ ।













