प्रधानमन्त्री दाहालले माधव नेपालसंग मागे विश्वासको मत

स्वर्णिम खबर
२० पुष २०७९, बुधबार १७:१२

२० पुस, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
बुधबार अपरान्ह सिंहरदवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहालसँग पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले भेट गर्नु भएको हो । त्यस अवसरमा प्रधानमन्त्री दाहालले सरकारलाई विश्वासको मत दिन आग्रह गर्नु भएको थियो । यता, अध्यक्ष नेपालले भने पार्टी भित्र छलफल गरेर मात्रै टुंगोमा पुग्न सकिने जवाफ दिनु भयो । सरकारलाई विश्वासको मत दिन प्रधानमन्त्री दाहालले आग्रह गर्नु भएको अध्यक्ष नेपालले जानकारी दिनु भयो । उहाँले प्रधानमन्त्री दाहालसँग वामपन्थी पार्टीहरुबीचको एकताबारे भने छलफल नभएको प्रतिक्रिया समेत सञ्चारकर्मीलाई दिनु भयो ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री दाहालले सरकारमा जाने बेलामा आफूसँग छलफल समेत नगरेको भन्दै नेपालले गुनासो गर्दै आउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*