मकवानपुरका नवनिर्वाचित सांसद्हरु सम्मानित
१४ पुस, हेटौँडा । मंसिर ४ गते सम्पन्न निर्वाचनमा मकवानपुरबाट प्रतिनिधि तथा प्रदेशसभा सदस्यमा निर्वाचित सांसदहरुलाई सम्मान गरिएको छ ।
बिहीबार हेटौंडा उपमहानगर पालिकाले सांसदहरूलाई सम्मान गरेको हो । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महेश कुमार बर्तौला,
बागमती प्रदेश सभा सदस्यमा निर्वाचित इन्द्र बहादुर बानियाँ, प्रेम बहादुर पुलामी, एकालाल श्रेष्ठ, भारती पाठक र लक्ष्मी देवी श्रेष्ठलाई सम्मान गरिएको हो । यसैगरी उपमहानगरपालिकाले उत्कृष्ट कार्य २ वटा वडालाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७८–०७९ को बार्षिक स्विकृत कार्यक्रम अन्र्तगत वडास्तरीय कार्यक्रम कार्यान्वयन मा ९७ दशमलब ३८ प्रतिशत बित्तीय प्रगती हासील गरी प्रथम स्थान हासिल गरेको भन्दै नगद २० लाख अनुदान पुरस्कार प्रदान गरिएको छ ।
यस्तै वडा नम्बर १५ लाई ९७ दशमलब ०६ बीतीय प्रगति हासिल गरेको भन्दै नगद १५ लाख अनुदान पुरस्कार दिईएको छ । वडा अध्यक्ष दिपक खड्का र सुनिल मोक्तानले पुरस्कार ग्रहण गरेका थिए ।
हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको सभाध्यक्षमा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्र देव पाण्डे, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं लगायतको आतिथ्य रहेको थियो ।













