हत्याको अभियोगमा पक्राउ वाईवा सार्वजनिक

स्वर्णिम खबर
२७ मंसिर २०७९, मंगलवार १८:०१

२७ मंसिर, हेटौँडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ की ३६ बर्षीय सरस्वती वाइबाको हत्यामा संलग्न एक जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मंगलबार पत्रकार सम्मेलन गरी वाईबाको हत्यामा संलग्न ३३ वर्षीय रोज वाईबालाई सार्वजनिक गरेको हो । मंसिर १३ गते रोजले इन्द्रसरोबर–३ ज्यामिरेमा रोजले सरस्वतीलाई मादक पदार्थ सेवन गरेको अवस्थामा भेट हुँदा कुटपिट गरी हत्या गरेको मकवापुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताउनुभयो ।
मृतक महिला मंसिर १३ गतेदेखि सम्पर्क बिहिन थिइन् । मंसिर १९ गते सरस्वतीको खोजतलास गरिदिन उनका श्रीमान बीर बहादुर वाईबाले प्रहरी चौकी सिस्नेरीमा निवेदन दिएका थिए । श्रीमती हराएको हप्तादिन वित्दा समेत नभेटिएपछि वीर बहादुरले मंसिर २३ गते वीर बहादुरले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएका थिए । उजुरी दिएको भोलीपल्ट मंसिर २४ गते साँझ ७ः३० बजेको समयमा रोजको बारीमा अनुहार र कपडाको केही भाग देखि खाल्डोमा पुरिएको अवस्थामा फेला परेको थियो । घटनाको जानकारी पाएपछि घटनास्थलमा तालिम प्राप्त कुकुर सहित प्रहरीको अनुसन्धानको टोली पुगेको थियो । अनुसन्धानको टोलीले रोजलाई तत्काल पक्राउ गरेको थियो । उनिमाथि जिल्ला अदालत मकवानपुरबाट दिन ७ को म्याद अनुमती लिएर थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता कार्कीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*