हेटौँडा अस्पतालमा सिटी स्क्यान सेवा सुरु

स्वर्णिम खबर
२५ मंसिर २०७९, आईतवार १८:४३

२५ मंसिर, हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौँडा अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको छ ।
अस्पतालले आइतबारबाट औपचारिक रुपमा सिटि स्क्यान सेवाको शुभारम्भ गरेको हो । बागमती प्रदेश सरकारको सहयोगमा अस्पतालले खरिद गरेको सिटि स्क्यान मेसिनबाट सेवा सुरुवात गरेको हो । सेवा सुरु भएको पहिलो दिन ८ जनाले सेवा लिएको हेटौँडा अस्पताल ब्यवस्थापन समिति सदस्य उत्सव चौँलागाईले बताउनुभयो । सिटि स्क्यान मार्फत दैनिक २० देखि ३० जनाले सेवा लिन सक्ने उहाँले बताउनुभयो । सामान्य एक्स रे बाट देखा नपरेको समस्यालाई सिटि स्क्यानमार्फत पहिचान गर्न सहज हुने हुँदा बिरामीलाई अन्य रिफर गर्न नपर्ने चौलागाईले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*