हेटौंडाको तरकारी बजारलाई राप्ती उकासको जमिनमा सारिंदै

स्वर्णिम खबर
२५ मंसिर २०७९, आईतवार १५:१४

२५ मंसिर, हेटौँडा । हेटौंडा–१० बसपार्कमा रहेको तरकारी तथा फलफूल बजार हेटौंडा–१ स्थित राप्ती उकासको जमिनमा सारिने भएको छ ।
आउँदो बुधबार तरकारी बजारका सबै स्टल नयाँ स्थानमा सारिने नेपाल फलफुल तथा तरकारी व्यापारी संघका अध्यक्ष खड्गबहादुर मुक्तानले जानकारी दिनुभयो । तरकारी बजार स्थानान्तरणको लागि राप्ती उकासमा करिब २ विघा क्षेत्रमा १०६ वटा स्टल निर्माण गरिएको छ । जसमध्ये ७३ वटा होलसेल र ३३ वटा खुद्रा स्टल छन् ।


आइतबार उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले तरकारी बजारको उद्घाटन गर्नुभएको हो । बजारको उद्घाटन गर्दै मेयर लामाले तरकारी बजारलाई व्यवस्थित गर्नको लागि राप्ती किनारमा सारिएको बताउनुभयो । बजार व्यवस्थापनका लागि उपमहानगरपालिका सहयोग गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।


बजारको पूर्वाधार निर्माण गर्न संघमा आबद्ध १०६ जना व्यवसायीले प्रति व्यवसायी २ लाख ५० हजार रुपैयाँका दरले रकम संकलन गरेका थिए भने उपमहानगरपालिकाले ३३ लाख ३६ हजार ६ सय रुपैयाँ सहयोग उपलब्ध गराएको थियो । कार्यक्रममा हेटौंडा १ का वडाध्यक्ष सविन न्यौपाने, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति राजकुमार न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*