क्षतिपूर्ति दिएर मात्रै विद्युत विस्तार परियोजना अगाडि बढाउन सिमलटार बासीको माग

स्वर्णिम खबर
२३ मंसिर २०७९, शुक्रबार १७:१२

२३ मंसिर, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर—११ सिमलटार बासीले नेपाल विद्युत् प्राधिकरण, लाइन विस्तार परियोजना थानाभ¥याङमा ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल बिद्युत प्राधिकरणले स्थानिय वस्ती माझबाट हेटौंडा ढल्केबर दुहबी ४ सय केबी प्रसारणलाइन बिस्तार गर्न लागेकोले उचित क्षतीपूर्तीको माग गर्दै ज्ञापनपत्र बुझाइएको हो । उक्त हाइटेन्सन लाइन बिस्तारले हेटौंडा ११ सिमलटार बस्तीमा करीब ३०० घरधुरीलाई प्रत्यक्ष असर पर्ने नेपाल बसोबास संरक्षण समाज मकवानपुरका कमलचन्द्र सुमनले बताउनुभयो । हाइटेन्सन लाइन पिडितसँग कुनै संवाद नै नगरी बिद्युत् प्राधिकरणले सूचना प्रकाशन गरेकोमा सुशासनको मूल मर्म र भावनामाथि कुठाराघात भएको ज्ञापनपत्रमा जनाइएको छ ।

कार्यालय प्रमुख गजेन्द्र कुमार चौहानलाई बुझाइएको ज्ञापनपत्रमा हाइटेन्सन लाइनको वैकल्पिक व्यवस्थाका रुपमा राप्ती नदीको किनारा हुँदै लाइन बिस्तार गर्न सुझाव समेत दिइएको छ । ज्ञापनपत्र मार्फत् जिल्ला प्रशासन कार्यालय,भूमि आयोग र सबै राजनैतिक दललाई समेत ध्यानाकर्षण गराइएको छ । ज्ञापनपत्र बुझ्दै लाइन विस्तार परियोजना मकवानपरका प्रमुख चौहानले उचित क्षतीपूर्तीका लागि पहल गर्ने आश्वासन दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*