मकवानपुरमा दिउसो सम्म ३० प्रतिशत मत खस्यो

स्वर्णिम खबर
४ मंसिर २०७९, आईतवार १४:३५

४ मंसिर, हेटौँडा । मकवानपुरमा जारी मतदानमा दिउसो १ बजे सम्ममा ३० प्रतिशत मत खसेको छ ।
जिल्लाका सबै स्थानीय तहमा गरी ३० प्रतिशत मत खसेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभयो । मतदान स्थलमा बिहानको तुलनामा दिउँसो मतदाताहरुको संख्या बढिरहेको छ । यद्यपी स्थानीय तहको चुनाबमा भन्दा मकवानपुरका मतदाताहरुमा कम उत्साह देखिएको छ । स्थानीय तहको चुनाबमा आफ्ना गाउँ भन्दा बाहिर रहेका मतदाताहरु पनि आउने गरेका थिए । तर, अहिले बाहिरबाट अघिल्लो दिनमै मतदान गर्न आउने मतदाताहरु निकै कम देखिएका छन् ।मकवानपुरका पहाडी क्षेत्रमा चिसोका कारण बिहानको समयमा अधिकांश केन्द्रमा मतदाताको उपस्थिति कम रहेको र अहिले उपस्थिति बढेको मतदान अधिकृतहरुले जनाएका छन् । जिल्लाको सबै क्षेत्रमा अहिलेसम्म शान्तिपूर्ण ढंगबाट मतदान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*