मकवानपुरको ३ सय ६४ वटै मतदान केन्द्रमा मतदान प्रकृया सुरू
४ मंसिर, हेटौँडा । मकवानपुरको ३ सय ६४ वटै मतदान केन्द्रमा मतदान प्रकृया सुरू भएको छ ।
मतदाताहरू उत्साहपुर्बक बिहानैदेखि मतदान केन्द्रमा लाईन लागेर बसेका छन् । बिहान ६ बजे नै मतदान केन्द्रमा मतदातहरू पुगिसकेका थिए । जिल्लाका १६७ वटा मतदान स्थलका ३ सय ६४ वटै केन्द्रमा मतदान प्रकृया सुरू भएको मकवानपुरका मुख्य निर्बाचन अधिकृत ऋषिराम निरौलाले बताउनुभयो । मकवानपुर जिल्लामा दुइ वटा प्रतिनिधी सभा र चार प्रदेशसभा निर्वाचनमा कुल ३ लाख ७ सय ३३ जना मतदाता रहेका छन् । यसैगरी मकवानपुरको भीमफेदी कारागार र जिल्ला प्रशासन कार्यालयमा पनि अस्थायी मतदान केन्द्र निर्माण गरिएको छ ।













