मकवानपुरमा सबै मतदान स्थल तयारी अवस्थामा
३ मंसिर, हेटौँडा । मकवानपुर जिल्लामा सबै मतदान स्थल तयारी अवस्थामा रहेका छन् ।
शनिबार सम्म सबै मतदान स्थल तयारी अवस्थामा रहेको बिभीन्न केन्द्रका मतदान अधिकृतहरुले वताएका छन् । भोली हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सबै तयारी पुरा गरिएको हेटौंडाको शिद्धार्थ माध्यमिक बिद्यालयमा रहेको मतदान स्थलमा खटिनु भएका मतदान अधिकृत रघुराम पराजुलीले वताउनुभयो । मकवानपुरमा निर्वाचन गराउन खटिएका कर्मचारीहरु मतदानस्थलमा पुगिसकेका छन् । उनीहरुले मतदान केन्द्रमा गर्नुपर्ने तयारीहरु पनि शनिबार नै गरिसकेका छन् । मतदानस्थलको सुरक्षाका साथै मतदान गर्न सहज हुने गरी लाइन लाग्ने, मत संकेत गर्ने गोप्य कक्ष निर्माण गर्ने, मतपत्र खसालेर फर्किने ठाउँ सबै शनिबार नै निर्माण भएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताउनुभयो । मकवानपुरमा १ सय ६७ वटा मतदानस्थल र दुई अस्थायी अन्तर्गत ३ सय ६४ वटा मतदान केन्द्र छन् । मतदानकेन्द्र मध्ये मकवानपुर १ मा १ सय ७२ वटा र मकवानपुर २ मा १ सय ९२ मतदान केन्द्र रहेका छन् । मकवानपुर जिल्लामा दुइ वटा प्रतिनिधी सभा र चार प्रदेशसभा निर्वाचनमा कुल ३ लाख ७ सय ३३ जना मतदाता रहेका छन् ।













