नेपाल परिवार दलले मकवानपुरमा एमालेका उम्मेदवारलाई मतदान गर्ने

स्वर्णिम खबर
२६ कार्तिक २०७९, शनिबार १७:३७

२६ कार्तिक, हेटौँडा । नेपाल परिवार दलले मकवानपुर जिल्लामा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका ६ जनालाई मतदान गर्ने भएका छन् ।
शनिबार परिवार दलका तर्फबाट जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हरि बहादुर लोप्चनले पत्रकार सम्मेलन गर्दै आफ्नो पार्टीले प्रतिनिधीसभा र प्रदेशसभा तर्फ एमालेका उम्मेदवारलाई मतदान गर्ने वताउनुभयो । मंसिर ४ गते हुने चुनावमा नेकपा एमालेका प्रतिनिधीसभा क्षेत्र नम्बर–१ का उम्मेदवार कमल थापा, क्षेत्र नम्बर–१ को (क) का उम्मेदवार कमल विष्ट, (ख) का उम्मेदवार एकालाल श्रेष्ठ, क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बर्तौला, क्षेत्र नम्बर–२ को (क) का उम्मेदवार विष्णु प्रसाद ढकाल र (ख) का उम्मेदवार लाल बहादुर थापालाई मतदान गर्ने उहाँले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । परिवार दलभित्र आवद्ध रहेका र बाहिर समेत रहेका आम नागरिकलाई एमाले नै राष्ट्रियताको पक्षमा उभिएको पार्टी भएकाले मतदान गर्न लोप्चनले आग्रह गर्नुभयो । परिवार दलले मकवानपुरमा एमालेका उम्मेदवारलाई मतदान गर्ने कुरा राम्रो र सकारात्मक कदम रहेको नेकपा एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य तथा प्रचार विभागका प्रमुख धुर्व प्रसाद चौलागाईले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*