पत्रकार महासंघ मकवानपुरको १७ औ वार्षिक साधारणसभा सम्पन्न
२५ कार्तिक, हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको शुक्रबार १७ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यता एवम् पत्रकार महासंघकी सचिव सिजृना अर्यालको विशिष्ट आतिथ्यता रहेको थियो । महासंघले १७ औं वार्षिक साधारण सभाको अवसरमा लामो समयदेखि पत्रकारितामा क्रियाशित रहेका २ जना पत्रकारहरुलाई नगद रु ५ हजार ५५५ र प्रशंसापत्रसहित सम्मान गरेको छ । पार्वतीमान बोमबहादुर राउत स्मृति अग्रज पत्रकारिता पुरस्कार–२०७८ बाट गोरखापत्र दैनिकका राममणी दाहाल र न्हुच्छेमान स्मृति कृयाशील पत्रकारिता पुरस्कार–२०७८ बाट राससकी अञ्जली थापालाई पुरस्कृत गरिएको थियो । साधारणसभामा अध्यक्षले संस्थागत प्रतिवेदन, सचिव शुभलक्ष्मी विकले प्रगति प्रतिवेदन र कोषाध्यक्ष केशव समर्पण सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारी, प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी, प्रेस संगठन मकवानपुरकी अध्यक्ष अन्जली थापा, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप बिष्ट लगायतले मन्तब्य व्यक्त गरेका थिए ।













