एमाले र राप्रपा नेपाल एकै ठाउँमा उभिदा विकासले गति लिन्छः कमल थापा

स्वर्णिम खबर
१८ कार्तिक २०७९, शुक्रबार १८:००

१८ कार्तिक, मकवानपुर । नेकपा एमाले मकवानपुर निर्बाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार कमल थापाले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा राष्ट्रबादी सरकार बन्ने उद्घोष गर्नुभएको छ ।
मकवानपुरको बिकासमा योगदान दिँदै आएको एमाले र राप्रपा नेपाल एकै ठाऊमा उभिँदा मकवानपुरको बिकासले गति लिने भएकै कारण आफु सुर्य चिन्हबाट उम्मेद्वार बनेको थापाले बताउनुभयो । नेकपा एमाले निर्बाचन परिचालन कमिटीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ र १३ मा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले मुलुकमा राजनितिक स्थायित्वका लागि पनि राष्ट्रबादि शक्ती एकजुट हुनु आबश्यक रहेको बताउनुभयो । कार्यक्रमका प्रदेश सभाका उम्मेद्वार एकालाल श्रेष्ठले एमालेका उम्मेद्वारहरू जिल्लाको बिकासको संकल्प बोकेर चुनाबी प्रतिस्पर्धामा आएको बताउनुभयो । चुनावी प्रचार प्रसारका क्रममा उम्मेद्वार सहित एमालेका नेताहरू मतदाताको घरदैलोमा पुग्दा दहि सगुन खुवाएर माला र खादाले स्वागत गरेका थिए । कार्यक्रममा प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, एमालेकी केन्द्रीय सदस्य जुनेली श्रेष्ठले पदमपोखरीको बिकासका लागि एमालेको नेतृत्वमै सरकार बन्नुपर्ने बताउनुभएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*