टिसिएन रोड स्थित तरकारी बजारमा आगलागी
१० कार्तिक, हेटौँडा । हेटौंडा १० टिसिएन रोड स्थित तरकारी बजारमा आगलागी भएको छ ।
बिहिबार दिउँसो ग्यास सिलिन्डर पड्केर आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडा उपमहानगरपालिकाको बरुण यन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको तर केही नगद भने जलेर नष्ट भएको छ ।













